Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नयाँ वर्ष सन २०२६ सुरु


    बिहिबार, पुष १७ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको बर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ बर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् ।

    विश्वका राष्ट्रहरू आफ्ना–आफ्ना टाइम जोनअनुसार मध्यरात हुँदै जाँदा नयाँ वर्षको स्वागत गरिरहेका छन् ।

    प्रशान्त महासागरको किरितिमाती टापु सन २०२६ मा प्रवेश गर्ने पहिलो स्थान बन्यो । न्यूजील्यान्ड र अस्ट्रेलियाले आतिशबाजीसँगै सन २०२६ को स्वागत गरेका छन् ।

    न्यूजिल्यान्डको अकल्यान्ड सहरमा आतिशबाजीसहित नयाँ वर्षको स्वागत गरियो ।

    नेपालमा पनि नयाँ वर्ष मनाइएको छ । विशेषगरी काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यकाबाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार