काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाइने भएको छ ।
निर्वाचन आयोगले हालै स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल तथा उमेदवारको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको हो ।
“जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ,” आचारसंहिताअन्तर्गत राजनीतिक दल, उमेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्नेछ ।
आचारसंहितामा उमेदवार र उसको परिवारका सदस्यको घर नजिक गई विरोध गर्न नहुने जनाइएको छ । स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन ।
जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्नै व्यक्तिले दल वा उमेदवारको निर्वाचन चिह्न, झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट लगाउन र झोला बोक्न पाउने छैनन् ।
आचारसंहितामा भनिएको छ, “कुनै राजनीतिक दल, उमेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने ।”
निर्वाचन आचारसंहिता अनुसार कसैको निजी घरजग्गा, सार्वजनिक भवन, उद्यान, सडकका भित्ता, पोल, कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उमेदवारको निर्वाचन चिह्न राख्न र टाँस्न पाइने छैन ।
उमेदवार तथा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा दलको झण्डा, चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रहीहरू प्रदर्शन र प्रसारण गर्न पाउने छैनन् ।
तर, राजनीति दल र उमेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रममा दशरदश वटासम्म झण्डा र चुनाव चिह्न प्रयोग गर्न भने पाइने छैन ।
निर्वाचनको प्रसारप्रसारका क्रममा र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रगोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डाको प्रयोग गर्न गराउन नहुने आचारसंहितामा व्यवस्था गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend