Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • शीतलहरले वीरगञ्जका विद्यालय थप तीन दिन बन्द


    बुधबार, पुष १६ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पर्सा । वीरगञ्ज महानगरले शीतलहर चलेसँगै तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

    पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले आजदेखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।

    विगत केही दिनदेखि बढ्दै गएको चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी सामुदायिक र संस्थागत विद्यालयलाई थप बिदा दिइएको हो ।

    आगामी पुस २० गतेदेखि विद्यालय फेरि सञ्चालन हुने वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार