Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • ओखलढुंगामा धारिलो हतियार प्रहार गरेर दम्पतीको बीभत्स हत्या


    बुधबार, पुष १६ २०८२
    785
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ओखलढुंगामा दम्पतीको हत्या भएको छ। चिशङ्खुगढी गाउँपालिका–६ भदौरे निवासी ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको मंगलबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

    बिहान अबेरसम्म उनीहरू घरबाट बाहिर ननिस्किएपछि छिमेकीले खोजी सुरु गरेका थिए।

    बाहिरबाट बोलाउँदा कुनै पनि प्रतिक्रिया नआएपछि घरभित्र पसेर हेर्दा दुवैलाई मृत अवस्थामा फेला पारिएको छिमेकीले बताएका छन्।

    घटना अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानले धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको देखिएको छ।  शव अहिले पनि घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।

    हत्या कसले र किन गर्‍यो खुलेको छैन। दोषी पहिचानका लागि सम्भावित सबै कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार