Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • काँग्रेसले अझै बुझाउन सकेन समानुपातिक उम्मेदवारको सूची


    मंगलबार, पुष १५ २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा अझैसम्म पनि बुझाउन सकेको छैन। निर्वाचन आयोगले दलहरूलाई पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको सूची बुझाउन समय दिएको थियो।

    काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समानुपातिक नामावली बुझाउनको लागि अहिले पनि आफूहरू निर्वाचन आयोगमै रहेको बताए ।

    ६३ दलले बन्द सूची पेस गरिसक्दा पनि सबै भन्दा ठूलो दल नेपाली काँग्रेसले बन्द सूची बुझाउन नसकेको हो । आयोगले भने काँग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार