Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन दलहरू आयोग परिसरमा


    सोमबार, पुष १४ २०८२
    575
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विभिन्न राजनीतिक दलहरू समानुपातिकतर्फको बन्द सूची बुझाउन फाइल बोकेर निर्वाचन आयोग पुगेका छन् ।

    अहिलेसम्म पाच वटा राजनीतिक दलहरूले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाइ सकेका छन् ।

    २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज आयोगमा बन्द सूची बुझाउने अन्तिम दिन हो । जसका कारण राजनीतिक दलहरू समानुपातिकतर्फको उम्मेदवारको सूचीको फाइल बोकेर आयोग परिसर पुगिसकेका छन् ।

    उनीहरू आयोग परिसरमा बसेर बन्द सूची बुझाउनका लागि तयारी गरिरहेका छन् । आयोग परिसरको खुला चौरमा बसेर दलहरूले उम्मेदवारको बन्द सूचीको फाइल मिलाउने काम गरिरहेका छन् ।

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार