Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • रसुवागढी नाका ६ महिनापछि सञ्चालनमा


    सोमबार, पुष १४ २०८२
    515
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । ल्हेन्दे खोलामा आएको बाढीका कारण असार २४ गतेदेखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ । ल्हेन्दे खोलामा बेलीब्रिज निर्माण सकिएकाले आइतबार बिहानदेखि नै नेपाली ट्रकका चालक केरुङतर्फ जान सुरु गरेका हुन् ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले रसुवागढी नाका सञ्चालनमा आएको जानकारी दिए । यद्यपी यही पुस १७ गतेदेखि रसुवागढी नाका औपचारिक रुपमा खोल्ने जानकारी चिनियाँ समकक्षीले गराएको पन्थीले बताए ।

    गत २४ असार अगाडि सामग्री लिन केरुङ गएका मालवाहक कन्टेनर डिब्बा ल्याउने व्यवस्थापनका लागि नेपाली चालक र सामानको व्यस्थापनका लागि व्यवसायीका प्रतिनिधिसमेत आइतबार केरूङतर्फ प्रस्थान गरेका सीमा प्रहरीचौकी टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।

    चिनियाँ पक्षले जारी गरेको सूचनामा आइतबारदेखि सीमापार ढुवानीमा संलग्न यात्रुलाई प्रवेश दिन सुरु गरिएको उल्लेख छ । साथै सबै विदेशी व्यापारिक प्रतिष्ठानले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीले प्रवेशअघि नै आवश्यक तयारी, सवारीसाधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।

    आगामी बिहीबारदेखि भन्सार कार्यालयले भित्रिने तथा बाहिरिने सवारीसाधनको निरीक्षण गरेपछि मात्र आवागमनको अनुमति दिने व्यवस्था गरिएको छ । यस अवधिमा एकतर्फी पालैपालो प्रणाली कडाइका साथ लागु गरिने चिनियाँ पक्षले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार