Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधिसभा बैठकअघि सांसदलाई कोरोना खोप दिंइदै


    आइतबार, फाल्गुन १६ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक सुुरु हुनुअघि सांसदहरुलाई कोरोना भाइरसबिरुद्ध खोप दिइने भएको छ । संसद सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही हप्ता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागेको हो । फागुन १९, २० र २१ गते सांसदहरुले सिभिल अस्पतालमा गएर खोप लगाउने ब्यवस्था संसद सचिवालयले गरेको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा फागुन १३ मा प्रतिनिधिसभा पुनस्र्थापना गरी १३ दिनभित्र संसद अधिवेशन डाक्न सरकारलाई आदेश दिएको छ । सरकारले राष्ट्रपति समक्ष फागुन २३ मा संसद अधिवेशन बोलाउन सिफारिस गरेको छ । तर राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन बोलाउने सूचना जारी गरिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार