Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, जनताले जिताएर भएको होः प्रधानमन्त्री ओली


    आइतबार, फाल्गुन १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा पुगेर प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गरी सहमतिमा ल्याउने बताएका छन् । 
    ओलीले उनको निर्वाचन क्षेत्रममा बन्न लागेको चाइना नेपाल फ्रेण्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास गर्ने क्रममा बिप्लवसँग वार्ता हुन लागेको खुलासा गरेका हुन् । शान्तिका सबालमा अलि अलि समस्या सृजना गरेको विप्लव माओवादीसँग सहमति हुने दाबी गरेका छन् ।

    सरकारले २०७५ फागुन २८ देखि बिप्लव समूहमाथि प्रतिबन्ध लगाएको छ । नेकपामा विभाजन आएसँगै ओलीले विप्लवसँग वार्ताका लागि प्रस्ताव पठाएका थिए । र, विप्लव समूहले पनि वार्ताका लागि तषर रहेको बताएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना भएपछि ओली सरकारको औचित्य नै समाप्त भएकाले विप्लवले वार्तामा चासो देखाएको छैन ।  यद्यपि प्रधानमन्त्री ओली भने आफ्नो नेतृत्वको सरकार कसैले हटाउन नसक्ने भन्दै विप्लवसँग वार्ता गरी सहमतिमा ल्याउने दाबी गरिरहेका छन् । 

    प्रधानमन्त्री ओलीले औद्योगिक पार्क शिलान्यास कार्यक्रममा भने, आफूलाई कसैले मुद्दा जिताएर प्रधानमन्त्री नबनाएको जनताले जिताएर बनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार