काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले स्वकीय अधिकृत बीरु तामाङ (सुदीप) लाई हटाएका छन् । उनीमाथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहका नेताहरुलाई सूचना चुहाएको आरोप लागेको छ । आफ्नो सचिवालयमा बसेर प्रचण्ड समूहका नेताहरुालई सूचना चुहाएको आरोपमा गृहमन्त्री थापाले उनलाई हटाएका छन् ।
बादलले तामाङको नेतृत्वमा वाइसीएल ब्यूँताएको घोषणा गरेका थिए । बादलले ओली नेकपा निकट युवासंघमा तामाङलाई पदाधिकारी बनाउन खोजेका थिए । तर बादललाई बेवास्ता गरी युवासंघले एक्लौटी पदाधिकारी र केन्द्रीय कमिटी घोषणा गरेको छ । ओली नेकपामा बादल समूह अस्तित्व बिहीन हुँदै गएको भातृसंस्थादेखि राजनीतिक नियुक्तिमा देखिएको छ ।
गृहमन्त्री थापा ओलीतिर लागेपछि उनका सल्लाहकार सूर्य सुवेदी पथिकले गाँस छाड्नु साथ नछाड्नु भन्दै उनलाई छाडेर प्रचण्ड–माधव समूहमा लागेका थिए । अब उनको सचिवालयमा पूर्वमाओवादीसँग जोडिएर आएका प्रेस सल्लाहकार किरण भट्टराईमात्र बाँकी छन् । गृहमन्त्री थापाका छोरा प्रतीक थापाले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सरुवा बढुवा ठेक्कामा समेत आर्थिक लाभ लिदै बदनाम च्याप्ने गरेको आरोप लाग्ने गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा...
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend