Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस


    शुक्रबार, पुष ११ २०८२
    705
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस भएका छन्।

    आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठ सर्लाही ३ बाट उम्मेदवार सिफारिस भएका नेकपा सर्लाहीले जनाएको छ। नेकपामा श्रेष्ठ पाँचौँ बरियताका नेता हुन्।

    सो क्षेत्रबाट श्रेष्ठसँगै नेकपाका नेताहरू अच्युतम काफ्ले, रामेश्वर राय यादव, नरेन्द्र साह, राजकुमार यादव, सञ्जय गुप्ता, विश्वनाथ सिंह लगायत पनि उम्मेदवार सिफारिस भएका नेकपा सर्लाहीका एक नेताले जानकारी दिए।

    ०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए। त्यतिबेला निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका थिए।

    उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा साहले ३२ हजार १६८ मत ल्याएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने यो क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर यादव विजयी भएका थिए।

    सर्लाही ३ मा हरिवन र बागमनी नगरपालिकासहितको भूगोल पर्छ। स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकाको मेयरमा माओवादी उम्मेदवार विजयी भएका थिए।

    यसअघि नेता श्रेष्ठलाई नेकपाले ललितपुर क्षेत्र नम्बर ३ बाट पनि उम्मेद्वार सिफारिस गरेको थियो। उनी ललितपुर ३ बाट सर्वसम्मत रूपमा एकल सिफारिस भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार