काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेनजीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको बताएका छन् ।
बिहीबार स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा चरम असुरक्षा हुँदा पनि आफ्नो सुरक्षा खोसिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।
उनले भने, ‘हामीले कसैलाई मान्छे काट्छौँ वा मार्छौ भनेका छैनौँ । तर, यहाँ जेनजीका नाममा मान्छे उचालेर हमलाको प्रयास भइरहेको छ । यस्तो आतङ्कित वातावरणमा चुनावको कल्पना गर्न सकिँदैन ।’
ओलीले युवाहरूलाई भ्रम र गलत संगतबाट मुक्त भएर राष्ट्रिय एकता र संविधान रक्षामा लाग्न आग्रह गरे ।
उनले सरकारले निर्वाचन हुने बताउँदै आएपनि निर्वाचनको वातावरण नबनेकाले सम्भावना नरहेको बताए । सरकारले शान्तिपूर्ण वातावरण बनाएको खण्डमा एमाले चुनावका लागि तयार रहेको ओलीको भनाइ रहेको छ ।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्याएको छ । नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend