काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक बन्दसूची पेस गर्ने म्याद थप गर्न काँग्रेसले आग्रह गरेको छ । काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवले समानुपातिक बन्दसूची बुझाउने समय अभाव हुने भएकाले केही समय थप गर्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजको सोमबारको बैठकमा यादवले प्रतिनिधिसभाको फागुन २१ को निर्वाचन सम्पन्न गर्नुलाई ध्यान दिनका लागि सुझाव दिए ।
‘समानुपातिकको बन्दसूची बुझाउने समय अपुग छ । दुई९चार दिन सार्नुपर्छ । मूलतः फागुन २१ गते हो, ’यादवले भने । निर्वाचन आयोगले पुस १३ र १४ गते समानुपातिक बन्दसूची बुझाउने कार्यतालिका सार्वजनिक गरेको छ ।
सहमहामन्त्री यादवले राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीलाई सुझाव दिएका छन् । ‘निर्वाचनको लागि राजनीतिक दल नै महत्त्वपूर्ण हुन्छ । राजनीतिक दलका प्रमुख, शीर्ष नेताहरूसँग तपाईँले छलफल गर्नुस्, यादवले प्रधानमन्त्रीलाई भने, ‘अहिले नेपालको प्रथम नागरिक तपाईँ हो । नेपाललाई निकास पनि दिनु छ, जेनजी लगायत सबैको दायित्व हो । विगतमा केही कमजोरी भयो होला तर अब यसलाई सुधार्नु हामी सबैको दायित्व हो ।’
फागुन २१ को निर्वाचन मितिलाई तलमाथि नगरी अगाडि बढ्न सरकारलाई काँग्रेसको आग्रह थियो ।
काँग्रेसले आन्तरिक तयारी गरिरहेको पनि यादवले बताए । काँग्रेसले जिल्लाबाट उम्मेदवार चयन थालेको जानकारी दिँदै उनले भने, ‘हामीले आन्तरिक तयारी गरिरहेका छौँ । उम्मेदवार सिफारिस ल्याएका छौँ । सरकारको दायित्व पनि हो । राष्ट्रपतिले पनि बारम्बार भनिरहनुभएको छ । सरकारले पनि भनिरहेको छ । सुरक्षा निकाले पनि केही काम अगाडि बढाएका छन् ।’
नेताहरूलाई लगाएको स्थान हदको विषय पनि काँग्रेसले प्रधानमन्त्रीसँगको छलफलमा उठाएको छ । ‘आम निर्वाचनमा हाम्रो संविधानले दिएको अधिकार अनुसार कुनै पनि नागरिक वा कुनै दलका नेता १६५ निर्वाचन क्षेत्र जहाँबाट पनि लड्न पाउँछ, ’उनले भने, ‘खाली निर्वाचन भनेर हुँदैन । निर्वाचनको वातावरण बन्नुपर्यो । जनताले निर्वाचन चाहिरहेका छन् ।’
सरकारले नेताहरूको सुरक्षा खोसेको कुरा पनि काँग्रेसले प्रश्न उठाएका छन् । ‘नेताहरूको सुरक्षा खोसेको अवस्था छ । सबैले स्वीकार गरेको छ, अहिले भयको वातावरण छ । सबैलाई सुरक्षा चाहिन्छ तर थ्रेट भएका कसैमाथि घटना घट्यो भने त्यसको जिम्मेवार सरकार हुन्छ,’उनले भने ।
निर्वाचन भएन भने त्यसको भोलिपल्टको अवस्था आँकलन गरेर सरकार अगाडि बढ्नुपर्ने र संविधानमा प्रतिनिधि सभा विघटन भएको ६ महिनाभित्र नयाँ संसद् आउनुपर्ने व्यवस्था ख्याल राख्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ । तोकिएको मितिमा चुनाव भएन भने प्रधानमन्त्रीसँगै राष्ट्रपतिमाथि पनि प्रश्न उठ्ने यादवले बताएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend