काठमाडौँ। मोरङ प्रहरीले विराटनगरका दुई वटा क्यासिनोमा आइतबार राति छापा मारी सञ्चालक र व्यवस्थापकसहित २० जना नेपालीलाई नियन्त्रणमा लिएको छ।
कानूनतः नेपाली नागरिकलाई क्यासिनो प्रवेश निषेध गरिएको छ। तर, नेपालीहरूले निर्वाध रूपमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङबाट खटिएको टोलीले राति ११ बजेतिर एकैसाथ दुई स्थानमा छापा मारेको थियो। रत्ना होटल (गोल्डेन कोइन क्यासिनो)बाट महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेतसहित १४ जना पक्राउ परेका छन्।
बिग होटल (च्याम्पियन जोन क्यासिनो) बाट व्यवस्थापक रामकृष्ण गौतमसहित ६ जना पक्राउ परेका छन्। पक्राउ परेका सबै नेपाली नागरिक हुन्।
क्यासिनोबाट पक्राउ परेका सबैसँग सोधपुछ गर्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। ‘पक्राउ परेकामध्ये केहीले आफूलाई कर्मचारी दाबी गरेका छन्। हामी उनीहरूको परिचयपत्र र भूमिकाको अनुसन्धान गर्दै छौं। स्क्रिनिङ सकिएपछि मात्र को को विरुद्ध मुद्दा चलाउने भन्ने यकिन हुनेछ,’ कटवालले भने। प्रहरीले पक्राउ परेका नेपालीको पहिचान खुलाएको छैन।
नेपालको कानून अनुसार क्यासिनोमा विदेशी नागरिकलाई मात्र प्रवेश अनुमति छ। प्रवेशका लागि विदेशी पहिचान खुल्ने परिचयपत्र अनिवार्य हुन्छ। यसअघि पनि नेपालीलाई प्रवेश गराएको भन्दै ‘हेलो सरकार’ लगायतका निकायमा उजुरी परेको थियो।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend