Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ


    सोमबार, पुष ७ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध गाँजाजस्तो देखिने करिब ४ किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोका अनुसार ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेका हुन् ।

    विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले थाई एयरलाइन्सको उडान हुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागू औषध फेला परेपछि पक्राउ गरेको हो ।

    सोही लागू औषध संकलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागू औषध नियन्त्रण ब्युरो पठाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार