Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • रास्वपाको झन्डा बोकेर घरदैलोमा रञ्जु दर्शना र समीक्षा बास्कोटा


    आइतबार, पुष ६ २०८२
    720
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समाहित भएकी नेतृहरू रञ्जु दर्शना र समीक्षा बास्कोटा घरदैलोमा निस्किएका छन्। रास्वपाको चुनाव चिन्ह घण्टी अंकित नीलो झन्डा बोकेर दुवै नेतृहरू समर्थकसहित काठमाडौंमा घरदैलोमा निस्किएका छन्।

    आइतबार पहिलो दिनका ‘घरदैलो कार्यक्रमका केही झलकहरू’ भनेर रञ्जुले केही तस्बिर सार्वजनिक नै गरेकी छन्। बासुकीनगर काठमाडौंबाट सुरु गरेको घरदैलो जोरपाटी, नयाँ बस्ती, बौद्धका गल्ली–गल्ली, टोल–टोलमा आफूहरू घरदैलोमा पुगेको रञ्जुले लेखेकी छन्।

    विवेकशीलबाट रास्वपा प्रवेश गरेका दुवै नेतृले फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फमा इच्छा जाहेर गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार