काठमाडौंं । विभिन्न क्षेत्रका अगुवा एवं परिवर्तनकारी व्यक्तित्वहरूलाई समेटेर नेपाल जेन–जी फ्रन्ट’ले सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् घोषणा गरेको हो ।
नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित डा। रामजी राम, आशुतोष तिवारी, र प्रगति राई लगायत १३ जना रहेका छन् ।
परिषद्का अन्य सदस्यहरूमा साधना राई, डा.मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन् ।
फ्रन्टले आफ्नो आन्दोलन र विद्रोहपछि नेपाल सरकारसँग भएको सम्झौताको पूर्ण परिपालना र कार्यान्वयनका लागि खबरदारी गर्न यो परिषद् गठन गरिएको जनाएको छ ।
अन्तरिम सरकारलाई सम्झौता कार्यान्वयनका लागि सजग गराउँदै फ्रन्टले आगामी जननिर्वाचित संसद् र सरकारले पनि जेन–जी विद्रोहको मर्म आत्मसात् गरोस् भन्ने हेतुले विभिन्न बहुपक्षीय संवाद र जनजागरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको पनि जानकारी दिएको छ ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend