Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बारुद भर्नेक्रममा बन्दुक पड्किँएर एक युवकको मृत्यु


    आइतबार, पुष ६ २०८२
    630
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका- ३ लेकुवाका २६ वर्षीय फुर्वा शेर्पाको घाँटीमा गोली लागेर आज बिहान मृत्यु भएको हो।

    स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार