काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने सम्भावना रहेको बताएका छन्।
विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले मन शुद्धीकरण नै भ्रष्टाचार नियन्त्रणको मुख्य आधार भएको बताए।
‘मनलाई शुद्ध गर्नुपर्ने ठूलो आवश्यकता छ, मन शुद्ध भएन भने मनमा लोभ, लालसा र घमण्ड बढ्छ,’ पुनले भने, ‘यही नै भ्रष्टाचार मौलाउने माध्यम बन्छ।’
भ्रष्टाचार औषधिबाट हट्ने समस्या नभएको उल्लेख गर्दै उनले योग र ध्यान नै यसको प्रभावकारी उपाय हुनसक्ने धारणा राखे। ‘भ्रष्टाचार हटाउन औषधि छैन, बनेको पनि छैन। तर योग र ध्यानले मन शुद्ध बनाउँछ, त्यसैले यसलाई समाजभर फैलाउन सकिए भ्रष्टाचार हट्ने ठूलो सम्भावना देखेको छु,’उनले भने।
योग र ध्यानलाई गाउँ-गाउँ तथा टोल-टोलमा पुर्याउन सबैले पहल गर्नुपर्नेमा जोड दिँदै मन्त्री पुनले विद्यालयस्तरमै यसको अभ्यास गराउने तयारी भइरहेको बताए।
‘योग विषय पढाउने होइन, गराउने कुरा हो । त्यसैले विद्यालयमा अतिरिक्त क्रियाकलापका रूपमा योग र ध्यान समावेश गर्न निर्देशन दिइसकेको छु,’ उनले स्पष्ट पारे।
उनले विद्यालयमा शुक्रबारको दिनलाई पठनपाठनभन्दा अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने प्रस्तावसमेत अघि सारेको बताए।
मन्त्री पुनका अनुसार योग र ध्यानले मनलाई शान्त र शुद्ध बनाउने भएकाले यसले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend