Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • बाबुराम भट्टराई आज भारत जाँदै, यस्ता छन् कार्यक्रम


    आइतबार, पुष ६ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा जाँदैछन् । जेनजी आन्दोलनलगत्तै प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन् ।

    स्वकीय सचिव रेखी गुरुङका अनुसार भट्टराईले भ्रमणका क्रममा भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आईआईटी बम्बैमा आयोजित टेक फेस्टमा र नयाँदिल्लीमा इन्डिया इन्टरनेसनल सेन्टरको कार्यक्रममा सम्बोधन गर्नेछन् ।

    उनी पुस ९ गते नेपाल फर्किनेछन् । डा। भट्टराईको यो भ्रमणले नेपाल–भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक सम्वादलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार