काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटी बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेख्दै लामिछानेलाई अदालतमा बुझाउने २ करोडको स्रोत खुलाउन आग्रह गरेका हुन् । उनले भनेका छन्-‘बुझाइने २ करोडको स्रोत खुलाउनु होला! जय सुशासन!’
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र सङ्गठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।
लामिछाने आज चितवनसम्म जहाजमा र त्यसपछि गाडीबाट भैरहवा पुगेर धरौटीमा रिहा हुने प्रक्रिया पुरा गर्दै छन् । लामिछानेले यसअघिनै अदालतमा पेश गरेको २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैङ्क जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर आज रिहा हुँदै छन् ।
काठमाडौ । गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ। प्रधानमन्त्री वालेन्द्र...
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend