Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेस निर्वाचनमा जान आतुर छ : शेखर कोइराला


    शुक्रबार, पुष ४ २०८२
    585
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र मोरङ – ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका–४ का स्थानिय नेताहरुसँगको भेटमा बोल्दै उनले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

    ‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो । हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ,’ उनले भने ।

    सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौ बाहिर जान दिईएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरु बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’, कोइरालाले प्रश्न गरे । साथै उनले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार