Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले अध्यक्षमा ओलीको जित निश्चित


    बिहिबार, पुष ३ २०८२
    555
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनअन्तर्गत अध्यक्ष पदमा केपी शर्मा ओलीको विजय निश्चित भएको छ।

    निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत ल्याएका छन्।

    मत परिणामले स्पष्ट अग्रता देखिएसँगै ओलीको अध्यक्ष पदमा पुनस् विजय सुनिश्चित भएको हो। यद्यपि, निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी रहेको छ।

    पार्टीको नेतृत्व चयनसँगै आगामी कार्यदिशा, संगठनात्मक सुदृढीकरण र राजनीतिक रणनीतिबारे एमालेभित्र थप छलफल तीव्र हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार