Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको दाउ, सूर्य चिह्न हत्याउन सबै उपाय अपनाऊ


    शुक्रबार, फाल्गुन १४ २०७७
    960
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नैतिकताको आधारमा राजीनामा नदिई अनेक दाउपेच खेलिरहेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरिदिएपछि ओलीले नैतिकताको आधारमा राजीनामा नदिई षडयन्त्रमा तल्लीन छन् । उनी आफ्नो पक्षमा रहेका सांसदलाई दाहाल–नेपाल समूहमा जान नदिनका लागि भ्रमका पुलिन्दा बाँडिरहेका छन् । आफ्नो सरकार झन् बलियो भएको भन्दै साइबर हमला गर्न पनि लगाइरहेका छन् ।

    ओलीले केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकतातिर ३० प्रतिशत भए पनि दल विभाजन हुने अध्यादेश ल्याउने गृहकार्य फैसला भएकै दिन मंगलबार गरेका थिए । तर उनको किचेनका बिष्णु रिमालहरुले प्रतिनिधिसभामा अविश्वास प्रस्तावमा मतदान नभएसम्म राजीनामा नदिन उक्साएका छन् । रिमालहरुले अविश्वास प्रस्तावमा विपक्षमा मतदान गर्नासाथ दाहाल–नेपाल समूहले पार्टी विभाजन गरेको ठहर्छ र ओली समूहले सूर्य चिह्न र आधिकारिकता पाउँछ भन्ने कुतर्क गरी राजीनामा नदिई ओलीलाई अनैतिकताको मार्गमा हिंडाएका छन् ।

    निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले नै प्रतिनिधिसभामा विपक्षमा मतदान गर्नेहरुले पार्टी फुटाएको ठहर्छ, प्रधानमन्त्रीको पार्टीले चिह्न पाउँछ भनेर आश्वासन दिएको कुरा समेत ओली समूहका साइबर सेनाले फिंजाउन थालेका छन् । सभामुखले छुट्टै संसदीय दल बनाएपछि आफ्नो पार्टी आधिकारिक हुने भ्रममा ओली र उनको समूह छ । यद्यपि उक्त समूहमा रहेका प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङहरुले भने राजीनामा दिनुपर्ने कुरा राखेका थिए । तर सत्ता उन्मादमा रमाएका ओली कुनै हालतमा राजीनामा नदिने निष्कर्षमा पुगेका छन् । उनी अहिले पनि कसरी संवैधानिक संकट सृजना गर्नेतिर केन्द्रित छन् ।

    कांग्रेस सभापति देउवासँग ओलीको सत्ता यात्रा सहज छैन । किनकि कांग्रेसभित्र देउवाकै निकट नेताहरु ओलीसँग कुनै हालतमा नमिल्ने पक्षमा देखिएपछि ओलीको यो दाउ असफल भएको छ । अब ओलीले यस्तै बखेडा सृजना गरिरहे उनको समूहकै सांसदको ठूलो संख्या दाहाल–नेपाल समुहतिर जानेछन् । त्यसकारण ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिएर निकास दिने नै हो । नदिए उनीमात्र होइन, राष्ट्रपति विद्या भण्डारीको पद पनि संकटमा पर्ने संकेत देखिएको छ ।

    आफूले गरेको प्रतिनिधिसभा बिघटनलाई न्यायालयले बदर गर्नासाथ राजीनामा दिएको भए ओलीप्रति किन्चित सहानभूति राख्ने अवस्था आउँथ्यो । तर उनी अदालतले प्रतिनिधिसभा बिघटनलाई बदर गरिसकेपछि कुर्सीमा टाँस्सिएर बसेका छन् । र, अरुलाई पदलोलुप भन्दै दोषारोपण गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार