Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने


    बुधबार, पुष २ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

    मुख्यमन्त्री यादवले बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

    ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न मिति २०८२ पुस ४ गते शुक्रबारको दिन दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइ दिनुहुन अनुरोध गर्दछु।’, उनले पठाएको पत्रमा भनिएको छ।

    उनी गत मंसिर १९ मा ६ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। संविधानअनुसार, दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार