Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु


    बुधबार, पुष २ २०८२
    560
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान सुरु भएको हो ।

    मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका हुन् । मंगलबार बेलुकाबाट हुने भनिएको मतदान विद्युतीय मतदान मेसिनमा प्रविष्ट गर्न ढिलाइ र फन्ट सपोर्ट नगरेको कारण आज बिहान मतदान सारिएको हो ।

    अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेको विद्युतीय मतदान सफल भएपछि प्रतिनिधिहरूलाई पनि मतदानका लागि भित्र पठाइएको हो । मतदानका लागि महाधिवेशन प्रतिनिधि बिहानैबाट लाइन बसेका छन् ।

    एमालेमा ३०१ केन्द्रीय सदस्यीय लागि ६६० जनाले उम्मेदवारी दर्ता गरेका छन् । मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएका छन् । महाधिवेशनमा दुई हजार २६३ मतदाता सहभागी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार