Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता


    मंगलबार, पुष १ २०८२
    815
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनहरू सर्वसम्मत निर्वाचित भएका छन्।

    उनका अनुसार लुम्बिनी प्रदेशबाट ४० वर्ष उमेरमुनिका लिलामणि गौतम र सोही प्रदेशबाट महिला केन्द्रीय सदस्यमा गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तिदेवी ढकाल सर्वसम्मत निर्वाचित भएका छन्।

    यस्तै केन्द्रीय सदस्य युवा (४० वर्ष मुनि)बाट नरेश रोकाया र सुशिलकुमार थापा, मधेस प्रदेशबाट ४० वर्ष मुनिको उमेर समूहबाट केन्द्रीय सदस्यमा अमरकुमार यादव र रौनित साह, मुस्लिम महिला खाजिदा खातुन सिद्धिकी, पिछडिएको क्षेत्र महिलाबाट वदमी क्वारी बुढा (वोहरा) र प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे सर्वसम्मत निर्वाचित भएका छन्।

    यस्तै दुई जना उम्मेदवारको निर्वाचन खारेजी गरिएको छ। केन्द्रीय सदस्यका उम्मेदवार पासाङ शेर्पा र धर्मलाल गिरी उम्मेदवारी खारेजी भएको निर्वाचन आयोगका उपाध्यक्ष पोखरेलले जानकारी दिए।

    यस्तै एक उपमहासचिवसहित १४ जना केन्द्रीय उम्मेदवारले फिर्ता लिएका छन्। उपमहासचिव पदमा उम्मेदवार दिएका राजेन्द्र गौतमले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

    एमालेको भृकुटीमण्डपमा जारी महाधिवेशनको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ। निर्वाचनमा दुई हजार २६३ जना प्रतिनिधिले भाग लिँदै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार