Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • एमाले महाधिवेशन: पासाङ शेर्पाको उम्मेदवारी खारेज


    मंगलबार, पुष १ २०८२
    635
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उठेका पासाङ शेर्पाको उम्मेदवारी खारेज गरिएको छ।

    बहुविवाह मुद्दामा दोषी ठहर भएको कुरा खुलासा भएपछि उनको उम्मेदवारी एमालेको निर्वाचन आयोगले खारेज गरिदिएको हो।

    उनलाई बहुविवाह मुद्दामा अदालतले १ वर्ष जेल र ५ हजार जरिवानाको फैसला गरेको थियो। कैदबापत दिनको ३०० रुपैयाँका दरले कुल १ लाख ९ हजार ५ सय रुपैयाँ तिरेर उनी छुटेका थिए।

    उनलाई प्रहरीले गत कात्तिक १८ गते पक्राउ गरेको थियो।

    जसले गर्दा पार्टी निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार