काठमाडौँ। ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । त्यसपछि कार्यालयहरूले वर्षौँदेखि समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएका थिए ।
जलस्रोत तथा सिँचाइ विभागअन्तर्गत चालू ठेक्का २ सय १५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्तमध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए ।
सिँचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको तोडिएको छ ।
आयोजनाको बाँध हेडवर्क्स) विद्युत् गृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल(रमण जेभी, जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो । आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित)मा ठेक्का सम्झौता भएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend