Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ: विद्या भट्टराई


    सोमबार, मंसिर २९ २०८२
    750
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) को महाधिवेशनमा ध्रुवीकरण भएकाले उम्मेदवार बन्न नचाहेको पूर्वमन्त्री विद्या भट्टराईले बताएकी छन्।

    एमालेको एघारौँ महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता भइरहेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। दुवै पक्ष प्यानल बनाएरै चुनावमा गएका छन्।

    महाधिवेशनमा उम्मेदवार नहुने विषयमा एक महिनाअघि नै पार्टीभित्र जानकारी गराएको उनले सुनाइन्। नेतृत्वलाई भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तालाई जानकारी गराएको उनले बताइन्।

    कास्कीको पार्टी नेता तथा कार्यकर्तालाई जानकारी गराएको बताउँदै उनले भने, ‘मैले आफ्नो क्षेत्रमा भनको हुँ- स्वतन्त्र भएर हिड्ने हो। मैले गर्न सक्ने योगदान गरे। अब म नागरिक भएर काम गर्छु।’

    एमालेको दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी थिइन्। त्यस्तै, गत निर्वाचनमा उनी कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।

    गत वर्ष नेपाली कांग्रेससँग सत्ता गठबन्धन भएसँगै ओली नेतृत्वमा बनेको सरकारमा भट्टराई शिक्षा मन्त्री बनेकी थिइन्। तर, शिक्षक आन्दोलनलाई लिएर ओलीसँग मतान्तर भएपछि मन्त्रीबाट राजीनामा दिएकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार