Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेशका मुख्यमन्त्रीले पुस ४ गते विश्वासको मत लिने


    सोमबार, मंसिर २९ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते विश्वासको मत लिने भएका छन् ।

    मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका उनले आगामी शुक्रबार विश्वासको मत लिने निर्णय गरेका हुन् ।

    विश्वासको मत लिन ढिलाइ भएका कारण उनले मन्त्रिपरिषद् विस्तारसमेत गर्न सकेका छैनन् ।

    कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मङ्सिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन् । उनले मङ्सिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार