Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेसका नेता सन्तोष चालिसेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


    आइतबार, मंसिर २८ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता एवं विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुस्न्धान आयोगले चालिसेविरुद्ध आइतबार विशेष अदातलमा मुद्दा दायर गरेको हो । स्रोतका अनुसार उनीविरुद्ध साढे ३ करोड बढीको अकुत सम्पत्तिको मुद्दा दायर भएको छ ।

    उनी गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर समेत हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ बाट निर्वाचित भएका थिए ।

    आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं(३ बाट उनको नाम एकल सिफारिस भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार