Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उद्घाटन सत्रमा ओलीले भने- ढुक्कले भन्छु, एमाले अजम्बरी छ


    शनिबार, मंसिर २७ २०८२
    535
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजेय र एमाले अजम्बरी रहेको बताएका छन्।

    शनिबार भक्तपुरको सल्लाघारीमा ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तीन महिनाअघि महालीलाग्दा दिनहरूबिच एमालेको सान्दर्भिकता समाप्त भएको भन्ने भाष्य खडा गर्न खोजिए पनि त्यो सम्भव नभएको बताएका हुन्।

    ‘नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो। यस्तो भाष्य खडा गर्न खोजिएको थियो। धुँवा खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जनसागर ओर्लिएको छ। म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ,’ उनले भने।

    उनले सल्लाघारीमा उपस्थित भएकाहरूलाई मात्रै एमाले नठान्न पनि चुनौती दिए। ‘यहाँ उपस्थित भएका महासागरको थोपा मात्रै हो। यो उपस्थिति गर्वको विषय हो’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार