जनकपुरधाम । मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।
सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मधेश भवनमा डाकिएको थियो ।
बैठकमा मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति लगायत प्रस्तावमा छलफल गर्ने तयारी थियो ।
तर जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव बाहिर रहेका कारण बैठकले ठोस निर्णय नगरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा सरकारमा सहभागिता र भागबण्डाबारे समान्य छलफल मात्र भएको ती नेताको भनाइ छ ।
सातदलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता यादवले २१ मंसिरमा पद तथा गोपनियताको सपथ लिएका थिए ।
उनले सोही दिन कांग्रेसबाट जंगीलाल राय, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरेका थिए ।
जनमतका महेशप्रसाद यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । तर सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा नमिल्दा दुई मन्त्रीको जिम्मेवारी भने अहिलेसम्म पनि तोकिएको छैन ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
धनुषा । धनुषाको हंसपुर नगरपालिका–५ ९साविक सुगा निकास गाउँ विकास समिति० का ३६५ परिवारले नाप जाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् आज बिहान बिहान ३स्१५...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend