Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • चार नयाँ मन्त्री नियुक्त हुँदै, आजै सपथ


    शुक्रबार, मंसिर २६ २०८२
    590
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । सरकारले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारी गरिएको छ ।

    स्रोतका अनुसार आज चार जना नयाँ मन्त्री थपिने भएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आजै सपथग्रहण कार्यक्रम तय गरिएको छ ।

    हाल १० सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीसहित आठवटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएकी छन् । परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्रीको जिम्मामा रहेका छन् ।

    कार्की नेतृत्वको मन्त्रिपरिषदमा हाल रामेश्वर प्रसाद खनाल अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, ओमप्रकाश अर्याल गृह मन्त्री, अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति र कानून, न्याय तथा संसदीय मामिला तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन् ।

    यस्तै महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री, जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री, सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री तथा बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री रहेका छन् ।

    आज नियुक्त हुने नयाँ मन्त्रीको नामावली भने गोप्य नै राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार