Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने ओलीको प्रष्टीकरण


    बिहिबार, मंसिर २५ २०८२
    510
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वको विषयमा सर्त राखेर सहमति नहुने स्पष्ट पारेका छन्।

    कोटेश्वरको एवान पार्टी प्यालेसमा आयोजना भएको सम्पादकसँग साक्षात्कार कार्यक्रममा ओलीले पूर्वसर्त राखेर कसैसँग सम्झौता नहुने बताएका हुन्।

    महाधिवेशनमा अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भिन्न मतसहित प्रतिस्पर्धामा उत्रने घोषणा गरेपछि उनले यस्तो बताए। उनले सहमतिका लागि कसैलाई दबाब नदिने धारणा राखे। ‘कुराबाट पो सहमति हुन्छ त। पूर्वसर्त राखेर सहमति हुन्छ रु,’ ओलीले भने, ‘छोड्छौ भनेर सहमति भनेर हुन्छ रु मसँग भन्नुपर्‍यो। मसँग भन्नुभएको छैन। बाहिर-बाहिर उम्मेदवारी घोषणा गर्नुभएछ,’ उनले भने।

    पोखरेलले भनेका थिए,‘उहाँ (ओली)ले अभिभावकत्व ग्रहण गरेर जोसुकैलाई घोषणा गरे पनि मान्छौँ तर अन्य अवस्थामा भने प्रतिस्पर्धा हुन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार