Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • निरज हत्याकाण्ड: लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीका भाइ पक्राउ


    बिहिबार, मंसिर २५ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीले दाङका २७ वर्षीय युवक निरज चौधरीको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।प्र

    हरीले तुलसीपुर उपमहानगरपालिका–५ का ५१ वर्षीय महावीर चौधरीलाई बैजपुरबाट पक्राउ गरेको हो । महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ हुन् ।

    तुलसीपुर–५ कै निरजको बर्दियाको राजापुरस्थित हमार थारू रेष्टुरेन्टमा गत आइतबार गोली प्रहार गरी हत्या गरिएको थियो । घटनास्थलमा रहेका महाविर भने मोटरसाइकल चढेर कैलालीतर्फ फरार भएका थिए ।

    इलाका प्रहरी कार्यालय राजापुर डीएसपी कबिन्द्रसिंह बोहराले कैलाली प्रहरीको समन्वयमा चौधरीलाई हसुलियाबाट पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार महाविरको साथबाट पेस्तोल समेत बरामद गरिएको छ । यद्यपी उनको साथबाट बरामद भएको पेस्तोल हत्यामा प्रयोग भएरनभएको पुष्टि हुन भने बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार