Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • नेकपा प्रचण्ड–माधव समूहले बोलायो संसदीय दलको बैठक


    बुधबार, फाल्गुन १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौं । सरकारले गत पौष ५  गते विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि छलफलका लागि  आज  नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) प्रचण्ड–नेपाल समूहको  संसदीय दलको बैठक बस्दै छ ।

    नेकपाका केन्द्रीय सदस्य एवं सांसद जीवनराम श्रेष्ठले संसद् पुनर्स्थापना भएको अवस्थामा अब के कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न संसदीय दलको बैठक राख्न लागिएको जानकारी दिएका छन् ।समय निश्चित भइनसकेको भए पनि आज बैठक बस्ने उनले जानकारी दिए । तर दिउँसो ४ बजे बानेश्वरस्थित संसद् भवनमा संसदीय दलको बैठक बस्ने तयारी नेकपाले गरेको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार