काठमाडौँ । सरकार र जेनजी समूहबीच बुधबार राति भएको १० बुँदे सम्झौताप्रति जेनजी अभियानका अभियन्ता मिराज ढुङ्गानाले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सम्झौताले आन्दोलनका मूल मुद्दा, भावना र निर्णायक निष्कर्ष समेट्न नसकेको आरोप लगाउँदै यो जनआन्दोलनको आत्मालाई कमजोर बनाउने समझदारी भएको टिप्पणी गरेका हुन् ।
बुधबार जारी विज्ञप्तिमा ढुङ्गानाले सुधन गुरुङतर्फ लक्षित गर्दै राजनीतिक सहमतिले व्यापक जनआवाजलाई बेवास्ता गरेको र केही सीमित स्वार्थ समूहको दबाबमा सम्झौता गरिएको दाबी गरे । उनका अनुसार यस्तो अपारदर्शी प्रक्रिया भविष्यमा अझ गम्भीर राजनीतिक अविश्वास र अस्थिरताको कारण बन्न सक्छ ।
“जनताको बलिदान, भावना र परिवर्तनको चाहनालाई नजरअन्दाज गर्ने कुनै पनि सहमति स्वीकार्य हुँदैन,” विज्ञप्तिमा उल्लेख छ।
ढुङ्गानाले सम्झौता पुनर्विचार गरी जनआन्दोलनले उठाएका आधारभूत एजेण्डाहरूलाई स्पष्ट प्रतिनिधित्व गर्न सरकारलाई आग्रह गरेका छन् ।

काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend