काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा सुरेन्द्र मानन्धरले पार्टी निर्माणमा उर्जावान समय दिएका कार्यकर्ता पाखामा परेको बताउनुभएको छ । उहाँले पार्टी निर्माणमा योगदन गर्नेहरू पाखा परिदाँ एमाले अहिलेको संकटमा पुगेको बताउनुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उहाँले राम्रा र नराम्रा कामको जस र अपजस दुबै ओलीले लिनुपर्ने बताउनुभयो ।
मानन्धरले आन्दोलन र पार्टी नेतृत्व दुबै सच्याउन केन्द्रीय कमिटीमै लिखित रूपमा प्रस्ताव दर्ज गरेको जानकारी दिँदै पार्टी र आन्दोलन फरक कित्तामा पुगेको बताउनुभयो ।
उहाँले एमालेमा युवा संगठन भए पनि युवा नभएको, किसान संगठन रहेको तर किसान एमालेसँग नभएको बताउनुभयो । नेतृत्वको नालायकीका कारण कम्युनिष्ट आन्दोलन दुर्घटनाको शिकार भएको बताउनुभयो ।
उहाँले देश अफ्ठेरोमा परिरहेको समयमा नेतृत्व नातामा रूमलिएको भन्दै जुन वर्गका लागि काम गर्नुपर्ने भो त्यो हुन नसकेको बताउनुभयो । पार्टीमा सामूहिकता हराएको बताउनुहुँदै मानन्धरले एउटा समूह अहिले पनि महाधिवेशनमा भाँडभैलो गर्ने गरी तयारी गरिरहेको बताउनुभयो ।
राजनीतिक दल सम्बन्धी ऐनलाई नै व्यवस्थित गरेर दलहरूलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले दलहरूभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताउनुभयो ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend