काठमाडौं । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि अबको राजनीति कता अघि बढ्छ भन्ने सबैको जिज्ञासा छ । झन्डै दुईतिहाई १ सय ७३ सीट जितेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीत प्रतिनिधिसभामा बिघटन गरे । जुन बिघटनलाई अदालतले बदर गरिसकेको छ ।
प्रतिनिधिसभा पुनस्र्थापना संविधान अनुसार हुनैपर्ने थियो, भयो । न्यायालयले संविधानमा टेकेर न्याय निरुपण गर्ने हो, प्रधानमन्त्री ओलीको बिघटनलाई सदर गर्ने प्रावधान संविधानमा छँदै थिएन, अदालतले गरेन ।
अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिइसकेको छ । अदालतको आदेश अनुसार सरकारले संसद बोलाउनैपर्छ । संसद बोलाइसकेपछि प्रधानमन्त्री ओलीले अविश्वास प्रस्तावको सामना गर्नुपर्ने छ । त्यसअघि नै उनले गरेको प्रतिनिधिसभा बिघटन अदालतले बदर गरिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिंदा सरकार बन्ने बाटो सहज हुन्छ ।

नेकपाका दुवै समूहले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्नेछन् । नेकपाको प्रचण्ड माधव समूहले यसअघि नैश देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेको छ । अब ओलीले पनि गर्नेछन् । किनकि देउवा–ओलीबीच संवैधानिक आयोगका नियुक्तिमा पनि भागबण्डा भइसकेको छ । देउवाले ओलीले गरेको प्रतिनिधिसभा बिघटनलाई अप्रत्यक्ष रुपमा समर्थन गर्दैआएका थिए ।
अध्यादेश ल्याएर गरिएको संवैधानिक नियुक्तिमा देउवाले ल्याप्चे ठोकेकै हुन् । १३ वटा पदमा भागबण्डा गरेकै हुन् । त्यही भएर ओली–देउवा मिलन नहोला भन्न सकिन्न । ओलीले राष्ट्रपति विद्या भण्डारीलाई जोगाउने सर्तमा देउवालाई एक्लौटी सरकारको प्रधानमन्त्री दिन पनि सक्नेछन् । ओलीले संसद बिघटन गरेकाले उनीसँग नमिल्न देउवामाथि दबाब पर्न सक्छ । त्यसो भएमा प्रचण्ड–माधव समूह, कांग्रेस र जनता समाजवादी पार्टीको सहकार्य हुनसक्छ ।
राष्ट्रपतिमा झलनाथ खनाल, प्रधानमन्त्री देउवा र राष्ट्रियसभाको अध्यक्ष वा उपसभामुख जसपालाई दिनेगरी पावर सेयरिङ हुने संभावना पनि छ । तर नेकपा विभाजन कानुनी रुपमा नभएकाले अन्योलता कायमै छ । नेकपा कानुनी रुपमा विभाजन हुन पनि ४० प्रतिशत केन्द्रीय कमिटी र संसदीय दलमा पुग्नुपर्छ । प्रधानमन्त्री ओलीसँग संसदीय दलमा ४० प्रतिशत संख्या हिजोका दिनसम्मको अंकगणितमा पुगे पनि आज त्यो कायम रहन सक्छ भन्ने ग्यारेन्टी छैन । केन्द्रीय समितिमा त उनी भारी अल्पमतमा छन् । यस्तो अवस्थामा दल विभाजन गर्न ओलीसँग संख्या पुग्दैन । देउवाले हिजोसम्म ओलीलाई साथ दिए पनि आज परिस्थिति बदलिएको छ ।
पार्टीभित्र पनि ओलीसँग नमिल्न उनीमाथि दबाब छ । राजनीतिक दलसम्बन्धी ऐनको ब्यवस्था अनुसार नेकपा विभाजन नभएमा ओलीपक्षीय सांसदहरु प्रचण्ड–माधवतिर लागेमा १ सय भन्दा बढी एकतिर भएमा जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउने अवस्था पनि आउन सक्छ । जनता समाजवादीको ३४, राजेन्द्र लिङ्देन, मसाल समेत ३६ हुन्छ । नेकपाका १०२ सांसद प्रचण्ड–माधव तिर खुलेमा कांग्रेसविना पनि सरकार बन्न सक्छ । त्यस्तो अवस्थामा माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । जसपाको हातमा सत्ताको साँचो भएको भन्दै उसैले प्रधानमन्त्री दाबी गर्नसक्छ ।
त्यसैले उपेन्द्र यादव प्रधानमन्त्री भएमा आश्चर्य नमाने हुन्छ । तर नेकपा प्रचण्ड–माधव समुहका अध्यक्ष माधवकुमार नेपालले संयुक्त रुपमा सरकार बनाउने कुरा बताइसकेका छन् । माधव नेपालको आसय कांग्रेस र जसपासँग मिलेर अगाडि जाने देखिएको छ । त्यसो भएमा ओली समूह बाहेक अरुको सरकार बन्नेछ । तर ओलीले ८० सांसद कायमै राखेमा प्रचण्ड–माधव समूह र कांग्रेसको गठबन्धन नगरी सरकार गठन हुन सम्भव छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend