Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कुलमानलाई लाग्यो ठूलो झड्का, हितेन्द्रलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको परमादेश


    सोमबार, मंसिर २२ २०८२
    905
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कुलमान घिसिङ ऊर्जामन्त्री हुनासाथ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरिएका हितेन्द्रदेव शाक्यलाई सर्वोच्च अदालतले पुनर्वहाली गर्न परमादेश दिएको छ ।

    सर्वोच्च अदालतले कार्यकारी निर्देशकमा सोमबार शाक्यलाई पुनर्वहालीको आदेश दिएको हो ।

    सर्वोेच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश जारी गरेको हो ।

    सर्वोच्चले शाक्यलाई पुनर्वहाली गर्न आदेश दिएसँगै कुलमान घिसिङलाई झड्का लागेको हो ।

    जेननी बिद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा तीन वटा मन्त्रालयको मन्त्री हुनासाथ घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए ।

    मन्त्री हुनासाथ हटाएकोमा प्रतिशोध साँधेको आरोप पनि उनीमाथि लागेको थियो । गएको चैतमा  घिसिङलाई हटाएर ओली सरकारले शाक्यलाई नियुक्त गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार