Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने


    सोमबार, मंसिर २२ २०८२
    325
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी पुस ५ गते काठमाडौंमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरेको हो ।

    बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुने यो सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपाल लगायत शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

    कात्तिक १९ गते माओवादी, एकीकृत समाजवादीलगायतका १० वाम दल–समूह मिलेर नेकपा घोषणा गरेका थिए । त्यसयता पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्दै आइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार