Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मधेशमा तत्कालीन सरकारले गरेका सबै निर्णय बदर


    आइतबार, मंसिर २१ २०८२
    695
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नवगठित मधेश प्रदेश सरकारले यसअघिको सरकारले गरेका सबै निर्णयहरू बदर गरेको छ ।

    आज बसेको मधेश सरकारको मन्त्रिपरिषद् बैठकले गत कात्तिक २३ गतेदेखि मंसिर १७ गतेसम्मका तत्कालीन क्याबिनेटबाट भएको सम्पूर्ण निर्णयहरू बदर गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव रोहित कुमार कोइरालाले जानकारी दिए ।

    संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा गत कात्तिक २३ गते राति मुख्यमन्त्री नियुक्त भएका सरोज कुमार यादवले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार