Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • मधेसमा तीन जना मन्त्री नियुक्त


    आइतबार, मंसिर २१ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (आइतबार) तीन जना मन्त्री नियुक्त गरेका छन्।

    शुक्रबार मधेसको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता यादवले जनमत पार्टीका महेशप्रसाद यादवलाई अर्थमन्त्री नियुक्त गरेका छन्।

    कांग्रेसका जंगीलाल राय, र नेकपा एकीकृत समाजवादीका कनिस पटेल पनि मन्त्री नियुक्त भएका छन्। उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन।

    उनीहरूलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथग्रहण गराएका हुन्। लामो अस्थिरतापछि मुख्यमन्त्रीमा नियुक्त यादवले ७ दलीय गठबन्धनको नेतृत्व गरेका छन्।

    मुख्यमन्त्रीले मंसिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन्। सरकारलाई एमालेले पनि विश्वासको मत दिने बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार