काठमाडौं । नेकपा(एमाले) मा धनकुटा, सल्यानदेखि दाङ हुँदै ओखलढुंगा लगायतका जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको विवाद चर्किएको छ ।
धनकुटा, सल्यान, दाङ, महोत्तरी जस्ता जिल्लामा संस्थापन पक्षले प्रतिनिधि चयन होटलमा गरेको, एकपक्षीय रुपमा गरेको आरोप अर्को पक्षले लगाउँदैआएको छ । ओखलढुंगामा संस्थापनइतर पक्षले मतदानबाट गरेको प्रतिनिधि चयनलाई मान्यता नदिएको एमालेको संस्थापन पक्षले एकपक्षीय भए भनिएका जिल्लाको हकमा भने मौनता साँधेको छ ।
एमालेमा संस्थापन पक्षले भूगोलभन्दा बढी गैरभूगोल युवा, विद्यार्थी, पेशागत संगठन जस्ता दर्जनौं संगठनबाट आफू अनुकूल प्रतिनिधि ल्याएको आरोप छ ।
संस्थापन पक्षले प्रतिनिधि चयनमा मनपरी गरेको बिरोधमा आदिवासी जनजाति लोकतान्त्रिक महासंघका केही नेता आज दिउँसो एमाले मुख्यालय च्यासलमा पुगेका थिए । एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई जनजाति महासंघका नेताहरुले गुनासो राखिरहँदा अनधिकृत तबरले बोल्ने युवासंघका मंगल थापाले कुटाइ खाएका छन् । आफूलाई अध्यक्ष केपी शर्मा ओलीको अन्धसमर्थक बताउने थापाले महासंघका नेताहरुले कुरा राखिरहँदा अनावश्यक रुपमा बोलेकाले कुटाइ खानुपरेको छ ।
बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खेमाका महासंघका नेताहरूले विधि र प्रक्रिया मिचेर प्रतिनिधि चयनमा काखापाखा गरिएकोमा ढकालसँग जवाफ मागेका थिए ।
थापा महेश बस्नेतका निकट हुन् । बस्नेतले उनलाई हालैै गठन भएको युथ भोलेन्टियर फोर्समा समेत नेता बनाएका छन् ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend