काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासन जीवन व्यवहारमा अपनाउनुपर्ने बताएका छन् । शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गर्दै मन्त्री गुप्ताले भने, ‘चालक र सहचालकलाई सकारात्मक दृष्टिले हेर्नुपर्छ ।’
चालक र सहचालकप्रति राज्यका निकाय र सरोकारवालाहरू सकारात्मक भएमा दुर्घटना न्यूनीकरणमा त्यसले सहयोग पुग्ने उनले बताए । गुप्ताले भने– ‘चालक र सहचालकलाई जिम्मेवार बनाउन सकेमा दुर्घटना न्यूनीकरण गर्न ठुलो सहयोग पुग्छ ।’
काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले ‘लिमिट द स्पिड सेभ द लाइफ’ अभियानको शुभारम्भ गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ को अवसरमा युवा परिषद्सँगको समन्वयमा सचेतना कार्यक्रम मार्फत अभियान सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० ईश्वर कार्कीले दुर्घटना कम गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्ने बताए । उनले भने– ‘स्टेरिङ चालकको हातमा हुन्छ त्यसैले दुर्घटना न्यूनीकरण गर्न चालकलाई नै जिम्मेवार बनाउनुपर्छ ।’
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend