Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँस्तोला पुनः पक्राउ प्रकरणः विप्लव माओवादीले अब ओली सरकारसँग वार्ता नगर्ने


    सोमबार, फाल्गुन १० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । केपी ओली नेतृत्वको कामचलाउ सरकारले बिप्लव माओवादीसँग वार्ता गर्ने भनिरहेको बेला उक्त पार्टीका नेता धर्मेन्द्र बाँस्तोलालाई अदालतबाट रिहा भइसकेपछि हिरासतमा लिएको छ । बाँस्तोलालाई रिहा भइसकेपछि पुनः पक्राउ गरेपछि विप्लव माओवादी ओली सरकारसँग रुष्ट भएको छ ।

    विप्लव माओवादी निकट जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अब ओली सरकारसँग वार्ता नहुने, अर्को नयाँ सरकार बनेपछि मात्र वार्ता हुने बताएका छन् । थपलियाले ओली सरकारसित वार्ता नहुने कुरा प्रष्ट शब्दमा लेखेका छन् ।

    khem thapaliya.jpg

    खेम थपलिया

    बाँस्तोला गिरफ्तारीपछि थपलियाले सामाजिक संजालमा फेसबुकमा लेखेका छन्–‘एकातिर वार्ता भनेर फलाक्दै हिंड्ने पनि उनै, अर्कोतिर सर्वोच्च अदालतले दिएको बाध्यकारी रिहाइको आदेशलाई निर्ममतापूर्वक बुटले कुल्चँदै न्यायालयको गेटबाट पक्रने पनि उनै । वा ‘ओली बा’, मान्नुपर्छ तपैंको राजनीति, छलनीति र निचनीति ! कञ्चन कमरेड क्वै वात छैन ।

    आज सिङ्गो देश जेल हिरासतमा फेरिएको छँदै छ, श्रमजीवी तथा उत्पीडित जनतालाई प्रत्यक्ष वा परोक्ष रूपमा नेल–हतकडी लगाइएकै त छ । संकटमा भुँवरीमा फसेपछि यतिबेला वार्ता सबैभन्दा धेरै ओलीलाई नै चाहिएको त हो । ओली सरकारको आजको दुष्कार्यले अब ओली नेतृत्वको सरकारसित कमरेड विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको वार्ताको सम्भावना पनि लगभग समाप्त भयो । अब ओली सरकारको चिहानमाथि बन्ने अर्को सरकारसित वार्ता हुने कोर्ष अघि बढ्यो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार