काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग गरेका छन् ।
रौतहटको गौरमा रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सक्नुपर्ने बताए ।
सरकारको मनोमानी कर लिइरहेको र यसले महंगी बढेको पनि उनले बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।
‘सरकार पिच्छेको सरकारले हरेक वस्तुमा करमाथि कर लगाउने काम गरिरहेको छ,’ उनले भनेका छन्, ‘हामीभन्दा ठूलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने रु’
यस्तो प्रश्न नागरिक स्तरमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भारतमा २ लाखमा पाउने मोटरसाइकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने?
हरेक वस्तुमा मनपरी लगाउने गरिएकाले उद्योग, व्यापार क्षेत्र समेत प्रभावित रहेको उनको भनाइ छ ।
‘सर्वसाधारणले उपभोग गर्ने वस्तुहरू धेरै कर कै कारण महँगो भएको छ,’ उनले भने, ‘गाउँ शहरदेखि सीमावर्ती क्षेत्रका सर्वसाधारण नागरिक कर आतंकले पीडित भएका छन् ।’
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend