Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अब देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागेको छ: कुलमान घिसिङ


    बुधबार, मंसिर १७ २०८२
    485
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् ।

    उज्यालो नेपाल पार्टीको घोषणा सभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

    उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप मन्त्री पद पाएको भन्दै त्यसलाई अवसरकै रूपमा बुझेको पनि बताए ।

    ‘करिब ७ ८ महिना सरकार र कुलमान घिसिङको ठुलो झगडा भयो । ४ महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । मैले त्यही बेला सरकारलाई धन्यवाद दिएको थिएँ,’ घिसिङले भने, ‘त्यसबाट मलाई मन्त्रीको रूपमा स्थापित भयो । यो पनि मलाई अवसर नै भयो ।’

    अब भने देशकै लिड (नेतृत्व)गर्नुपर्छ कि भन्ने आफूलाई लागेको जिकिर गरे ।

    ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ,’ घिसिङले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार